तनहुँलाई चिनेको उम्मेदवारलाई विजयी गराउनुपर्ने महामन्त्री थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकागोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
उपनिर्वाचनमा मनोनय दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले घुम्दैघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई नभइ तनहुँका मतदाताले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।
सभामा उनले कांग्रेस चोकमा राखेको मादलजस्तो जसले पायो त्यसले बजाउँदै हिँड्ने नभई गठबन्धन दलहरूलाई साथसाथै लैजान सक्ने पार्टी भएको बताए । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
