रुसी सेनाले युक्रेनको बाख्मत शहर कब्जामा लिएको दावी

भक्तपुर न्यूज

२० चैत २०७९ ८:४३

रुसी सेनाले युक्रेनको बाख्मत शहर कब्जामा लिएको दावी

काठमाडौं । रुसी सेनाले युक्रेनको बाख्मत शहर कब्जामा लिएको दावी गरेको छ । रुसी सेनाको तर्फबाट अग्रपंक्तिमा लड्दै आएको वागनर सैन्य समूहले बाख्मतमाथि वैधानिक कब्जा जमाएको घोषणा गरेको हो ।

प्यारामिलिटरी सैन्य समूह वागनरका प्रमुख यब्गेनी प्रिगोजिनले आफ्नो सेनाले बाख्मत शहरको प्रमुख प्रशासनिक भवनमा रुसी झण्डा समेत फहराएको घोषणा गरेका छन् ।

महिनौंदेखिको लडाईमा सफलता मिलेको र बाख्मत शहर पूर्ण कब्जामा आएको उनले दावी गरेका छन् । युक्रेनले भने बाख्मत रुसी कब्जामा गएको स्वीकार गरेको छैन ।

युक्रेनका सैन्य प्रमुखले आफ्नो सेना अहिले पनि शहरमा टिकी राख्ने प्रयासमा रहेको बताएका छन् । तर बाख्मतमा अवस्था निकै जटिल रहेको उनले बताएका छन् । एजेन्सी

प्रकाशित मितिः २०७९ चैत्र २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय