मिटरब्याजबारे अनुसन्धान गरी आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका

भक्तपुर न्यूज

१९ चैत २०७९ ११:३७

मिटरब्याजबारे अनुसन्धान गरी आयोग गठन गर्ने सरकारको तयारीप्रति सांसदको आशंका

काठमाडौं । सरकारले मिटरब्याजको अनुसन्धान गरी पीडितलाई न्याय दिन आयोग गठन गर्ने तयारीप्रति सांसदहरुले आपत्ति जनाएका छन् । पीडकलाई उन्मुक्ति दिन खोजिएको उनीहरूकाे आशंका छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मिटरब्याजी पीडितको न्यायका लागि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाप्रति जवाफ दिनेक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजसम्बन्धमा आयोग गठन गर्ने र कानुन बनाएर पीडितलाई न्याय दिने बताए ।

त्यसपछि सांसदहरुले पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै सांसदहरुले पीडितबाट उजुरी लिएर तत्काल कारबाही प्रक्रिया थाल्नुपर्ने बताए । सांसदहरु रघुजी पन्त, अमरेशकुमार सिंह, प्रेम सुवालसहित बोलेका अधिकांश सांसदहरुले तत्काल नै मिटरब्याजी पीडितलाई न्याय दिनेगरी काम गर्नुपर्ने बताए ।

देशका धेरै आयोग बनेका र ती आयोगका प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनीहरुले आयोग बनाउने कुरा नै पीडकलाई उन्मुक्ति दिन खोजिएको आशंका गरे ।

प्रकाशित मितिः २०७९ चैत्र १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय