निर्वाचन आयुक्तको प्रतिक्रया ‘नो कमेन्ट’
काठमाडौँ, १ असार । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकार र राजपाले गरेको सहमतिप्रति कुनै प्रतिक्रिया दिएका छैनन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी तथा आन्दोलनरत राजपाका नेताहरूले २ नम्बर प्रदेशको चुनाव सार्ने गरेको निर्णयमा निर्वाचन आयोगका प्रमुख यादवले कुनै प्रतिक्रिया नदिएका हुन् ।
आयोगद्धारा गरिएको पत्रकार सम्मेलनमा उनले ‘नो कमेन्ट’ मात्रै भनेका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन सार्ने कुरामा आयोगले सरकारलाई कुनै सहमति नदिएको र यसको पक्षमा पनि आफूहरु नरहेको बताएका हुन्। निर्वाचन सार्ने विषयमा हामीसँग सहमति भएको छैन उनले भने ‘हामी सार्ने पक्षमा छैनौँं ।’ सरकार र राजपालाई बीच आज विहान चुनाव २ नम्बर प्रदेशमा असोज २ गते मात्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००