सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

भक्तपुर न्यूज

१७ चैत २०७९ १२:१९

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर- ८ का ४३ वर्षिय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो ।

ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमको कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय