नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु

भक्तपुर न्यूज

१७ चैत २०७९ ९:४५

नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु

काठमाडौं । नुवाकोटको दुप्तेश्वर गाउँपालिका-४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्‍यु हुनेमा दुप्तेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीय मनमाया तामाङ रहेका छन् । यस्तै सुमो दुर्घटनामा परी ८ जना घाइते भएको र उनीहरुको खरानीटार अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

प्रकाशित मितिः २०७९ चैत्र १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय