मन्त्री बन्नेहरुको सूची बुझाएपछि प्रधानमन्त्री प्रचण्ड पेरिसडाँडामा

भक्तपुर न्यूज

१७ चैत २०७९ ८:३०

मन्त्री बन्नेहरुको सूची बुझाएपछि प्रधानमन्त्री प्रचण्ड पेरिसडाँडामा

काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। कांग्रेससहितका दलहरुले मन्त्री बन्नेहरुको सूची बुझाएपछि प्रचण्ड अहिले पेरिसडाँडा पुगेका छन्।

उनी पेरिसडाँडामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको चौथो केन्द्रीय समिति बैठकलाई सम्बोधन गरिरहेका छन्। पुस १० मा प्रधानमन्त्री बनेका उनले त्यसयता दुई पटक विश्वासको मत लिइसकेका छन्।

एक महिनाभन्दा धेरै समयदेखि १६ मन्त्रालय सम्हालिरहेका उनले शुक्रबार क्याबिनेट विस्तार गर्ने निश्चित भएको छ। ९ दलबाट नियुक्त हुने मन्त्रीहरुले दिउँसो ३ बजे शीतल निवासमा शथप लिने कार्यक्रम तय भइसकेको छ।

प्रकाशित मितिः २०७९ चैत्र १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय