मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष ओली

भक्तपुर न्यूज

१६ चैत २०७९ ११:२०

मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले मिटरब्याजीलाई कडा कारबाही नगरेसम्म नियन्त्रणमा ल्याउन नसकिने बताए। साथै अध्यक्ष ओलीले ऋणीहरुलाई पनि सचेत हुन आग्रह गरेका छन्। ऋण पायो भन्दैमा जहाँतहिँबाट लिन नहुने उनको भनाइ छ। बेलैमा आम नागरिक सचेत भएर मिटरब्याजमा फस्न नहुने उनले बताए।

यस्तै अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई हिंसा दिवसका रुपमा टिप्पणीसमेत गरेका छन्। फागुन १ गते हिंसा दिवस भएकाले त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको प्रति आक्रोश पोखे।

प्रकाशित मितिः २०७९ चैत्र १६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय