पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक लैजान निषेध

भक्तपुर न्यूज

१५ चैत २०७९ ११:०८

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक लैजान निषेध

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा फोहोर बढ्दै गएको जनाउँदै मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो ।

‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौं’ कोषले भनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिना देखी हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाउँदै आएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा सहभागी हुनसमेत कोषले आग्रह गरेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय