सेयर बजार सामान्य अंकको वृद्धि , कारोबार रकम भने घट्यो

भक्तपुर न्यूज

१५ चैत २०७९ ९:५४

सेयर बजार सामान्य अंकको वृद्धि , कारोबार रकम भने घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.०५ प्रतिशतको वृद्धि हो ।

बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।

उपसूचकहरुमा समेत बुधबार मिश्रित नतिजा आएको छ । बुधबार सुपरमाइ हाइड्रो र कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । धौलागिरि लघुवित्त, स्वावलम्बन लघुवित्तसहितका धितोपत्रको समेत मूल्य धेरैले बढेको छ ।

खप्तड लघुवित्त, एनएलजी इन्स्योरेन्स, सृजनशील लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । एनआईसी एसिया बैंक, सानिमामाइ हाइड्रो, शिवम् सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरैले कारोबार भएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय