फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार?

भक्तपुर न्यूज

१५ चैत २०७९ ९:०१

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

मंगलबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मितिः २०७९ चैत्र १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय