केटीएम सिटीको ‘विन्टर सेल अफर’ सार्वजनिक, १ हजारभन्दा सस्तोमा कपडा

भक्तपुर न्यूज

१५ चैत २०७९ ८:५४

केटीएम सिटीको ‘विन्टर सेल अफर’ सार्वजनिक, १ हजारभन्दा सस्तोमा कपडा

काठमाडौं । केटीएम सिटीले ‘विन्टर सेल अफर’ सार्वजनिक गरेको छ । कम्पनीले अधिकतम ९ सय ९० रुपैयाँमा जाडो तथा गर्मीका लुगाहरूको सेल अफर बजारमा ल्याएको हो ।

केटीएम सिटीका सबै आउटलेटहरूमा ९ सय ९० रुपैयाँसम्मका लुगाहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै यो अफर केटीएम सिटीको आधिकारिक वेबसाइट तथा मोबाइल एपबाट पनि सजिलै अर्डर गर्न सकिने यो अफर अप्रिल ६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, विन्टर अफर काठमाडौं उपत्यकाभित्र र बाहिरका सबै आउट लेटहरूमा लागू हुनेछ । नेपाली ब्रान्ड केटीएम सिटीले आमसर्वसाधारणलाई लक्षित गर्दै सर्वसुलभ मूल्यमा गुणस्तरीय लुगाहरू उपलब्ध गराउँदै आएको छ । नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय जगत्‌मा पुर्‍याउने उद्देश्यसहित केटीएम सिटीले भारतका विभिन्न शहरसहित क्यानडामा समेत आउट लेट विस्तार गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यकासहित देशभर शाखा विस्तारलाई आक्रामक ढङ्गले अघि बढाइरहेको छ । देशभरका सबै आउटलेटमा केटीएम सिटी ब्रान्डका पछिल्ला उत्पादन सर्वसुलभ मूल्यमा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

प्रकाशित मितिः २०७९ चैत्र १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय