‘टेकअफ’ हुन नसकेपछि रनवेबाटै फर्कियो भैरहवा उडेको बुद्ध एयरको जहाज

भक्तपुर न्यूज

१३ चैत २०७९ १०:५३

‘टेकअफ’ हुन नसकेपछि रनवेबाटै फर्कियो भैरहवा उडेको बुद्ध एयरको जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाज टेकअप लिन नसकेपछि रनवेबाट फर्किएको छ।

काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनकाअनुसार ‘इन्डिकेटर’ मा समस्या आएपछि जहाज पुनः पार्किङमै फर्किएको हो। सोमबार २:४५ बजेको उडान तालिका रहेको उक्त जहाजमा चालक दलका सदस्य सहित ७८ यात्रु सवार थिए।

प्रकाशित मितिः २०७९ चैत्र १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय