पेन्सिल्भेनियाको चकलेट कारखाना विष्फोटमा परि तीन जनाको मृत्यु
काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भएको भीषण विष्फोटमा परि तीन जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् ।गत शुक्रबार साँझ भएको विष्फोटमा एक जनालाई जीवितै उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् ।
राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य ६ जना घाइतेलाई अस्पताल पुर्याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् ।
कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
कम्पनीले आफ्ना नजिकका साथी र सहकर्मी गुमाएकामा दुःख व्यक्त गर्दै ७० वर्षभन्दा लामो समयदेखि बरोमा व्यवसाय गर्दा यस्तो अप्रिय घटना कहिल्यै नभएको बताएको छ । एजेन्सी
प्रकाशित मितिm २०७९ चैत्र १२ आइतबार
