४४.३ प्रतिशत नेपालीको पहुँचमा एलपी ग्यास, ५१ प्रतिशत अझैपनि दाउराको भरमा

भक्तपुर न्यूज

१० चैत २०७९ ११:५७

४४.३ प्रतिशत नेपालीको पहुँचमा एलपी ग्यास, ५१ प्रतिशत अझैपनि दाउराको भरमा

काठमाडौैं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालका आधाभन्दा बढी जनताले खाना पकाउन अझैपनि काठ/दाउरा प्रयोग गर्ने गरेको पाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक गरेको प्रतिवेदनमा ५१ प्रतिशत जनताले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेका देखिएको हो।

त्यसैगरी, खाना पकाउन एलपी ग्यास प्रयोग गर्नेको संख्या भने ४४.३ प्रतिशत रहेको छ। बिजुली, गुईठा/गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ।

प्रदेश अनुसार हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी (८२.२ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्ने गरेका छन्। वाग्मती प्रदेशमा एलपी ग्यास प्रयोग गर्ने परिवार सबैभन्दा बढी (६९.८ प्रतिशत) रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका थिए।

प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय