राष्ट्रिय टिमका क्रिकेट खेलाडी करण केसी सम्मानित
पोखरा । पोखरामा क्रिकेटका राष्ट्रिय टिमका खेलाडी करण केसीलाई सम्मान गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका १३ ले एक कार्यक्रम आयोजनागरी उनलाई सम्मान गरेको हो ।
वडाअध्यक्ष किरण बरालले राष्ट्रिय टिमका खेलाडी केसीलाई सम्मानपत्र सहित सम्मान गरिएको उनले जानकारी दिए । उनका अनुसार केसीका हजुरआमा र आमालाई सम्मान गरिएको छ ।
सम्मान समारोहमा अध्यक्ष बरालले खेल क्षेत्रमा केसीको उज्वल भविष्यको कामना पनि गरे । राष्ट्रलाई उनले पुर्याएको योगदान कदर गरी सम्मान गरिएको उनको भनाइ छ ।सम्मानित भइसकेपछि करण केसीले सम्मान गर्ने जनप्रतिनिधिलाई धन्यवाद प्रकट गरे ।
प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
