मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय

भक्तपुर न्यूज

९ चैत २०७९ ८:५२

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय

काठमाडौं । भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो ।

राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएको थियो ।

अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नो फैसलाको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ । गान्धी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत जिल्ला अदालतमा उपस्थित थिए ।

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय