वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्दै

भक्तपुर न्यूज

८ चैत २०७९ १२:०४

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्दै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले ‘टेलिमेडिसिन’ सेवा प्रदान गर्ने भएको छ । आउँदो शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार र आइतबार गरी दुई दिन श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा प्रदान गर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यो सेवा प्रदान गर्नका लागि वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच सम्झौता भएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकमा बढ्दो विभिन्न स्वास्थ्य समस्यासँगै मानसिक स्वास्थ्य समस्यालाई समेत सम्बोधन गर्न गन्तव्य देशमा रहेका नेपाली श्रमिकका लागि नेपालबाटै पहिलो पटक ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्न लागिएको बोर्ड सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘वैदेशिक रोजगारीमा गएकाहरूका विभिन्न स्वास्थ्य समस्या छन्, तर उहाँहरूले भाषा लगायतको कारण गन्तव्य देशमा सेवा लिन सकिरहनुभएको छैन, उहाँहरूको सहजताका लागि हामीले यो सेवा सुरुवात गर्न थालेका हौँ ।’

हप्ताको दुई दिन सञ्चालन हुने ‘टेलिमेडिसिन’ सेवामा कम्तीमा पनि जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू हुनेछन् ।

गन्तव्य देशमा रहेका श्रमिकले यो सेवा लिने टेलिफोन वा अन्य माध्यमहरूको बारेमा भने पुनः जानकारी गराइने बोर्डले जनाएको छ । यो सेवा आइतबार र शुक्रबार एक एक घण्टा चल्ने छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय