दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु

भक्तपुर न्यूज

८ चैत २०७९ ९:५२

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु

दैलेख । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक बुधबार दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार अन्दाजी २६ वर्षीय लक्षीराम चौधरी र अन्दाजी २३ वर्षीय विष्णु चौधरी छन्। उनीहरूकाे घटनास्थलमै मृत्यु भएको हो।

नेपालगञ्जबाट दैलेखका लागि छुटेको भे १ क २२०१ नम्बरको ट्रक आज बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका-४ ताल पोखरी नजिक दुर्घटना भएको हो। ट्रकले मनकामना नामक खाना पकाउने ग्यास सिलिन्डर बोकेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ।

सहचालक प्रकाश कुमाई घाइते भएका छन्। ट्रक १५० मिटर तल खसेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय