उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

भक्तपुर न्यूज

८ चैत २०७९ ८:४४

उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक

काठमाडौं । उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीले शीर्ष नेताहरुको बैठक बोलाएको छ । बुधवारका लागि बोलाएको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

लोसपाले बारा २ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । तर सत्ता गठबन्धनमा एक मात्र साझा उम्मेदवार बनाउने सहमति भयो भने लोसपाले उम्मेदवारी नदिने स्रोतले जनाएको छ । लोसपा नेपालले सरकारमा सहभागी हुने तयारी समेत गरिरहेको छ । उक्त विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय