महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा विशेष छुट

भक्तपुर न्यूज

८ चैत २०७९ ७:३८

महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबलकारमा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय