आफ्नो फिल्म रिलिजको खुशीमा अभिनेत्रीले बाँडिन् १३० वटा सुनका सिक्का

भक्तपुर न्यूज

७ चैत २०७९ १०:५३

आफ्नो फिल्म रिलिजको खुशीमा अभिनेत्रीले बाँडिन् १३० वटा सुनका सिक्का

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री कीर्ति सुरेशले आफ्नो फिल्म रिलिजको मिति नजिकिएसँगै फिल्ममा रहेका टिमका सदस्यहरूलाई सुनको सिक्का बाँडेकी छन्। उनी अभिनित फिल्म ‘दशहरा’ यसै महिना रिलिजको तयारीमा छ। फिल्ममा कीर्तिसँगै नानी मुख्य भूमिकामा छन्।

तेलुगु भाषाको एक्शन एडभेन्चर ड्रामा ‘दशहरा’को ट्रेलर सार्वजनिक भइसकेको छ। फिल्ममा धेरै एक्सन र फाइटका सिन राखिएका छन्। फिल्मलाई श्रीकान्त ओडेलाले निर्देशन गरेका हुन् । कीर्तिले फिल्म युनिट सदस्यहरूलाई प्रत्येक १० ग्रामका १३० सुनका सिक्का बाँडेकी हुन्।

कीर्तिले फिल्मको छायांकनको अन्तिम दिन फिल्मकर्मीलाई १०-१० ग्रामका १३० सुनका सिक्का उपहारस्वरूप दिइन्। फिल्मसँग सम्बन्धित एक जनाले भने, ‘छायांकनको अन्तिम दिन कीर्ति निकै भावुक थिइन् ।

उनी फिल्मका लागि आफ्नो उत्कृष्ट काम गर्ने मानिसहरूलाई केही दिन चाहन्थिन्। कीर्तिले वितरण गरेका यी सुनको मूल्य ७० लाखदेखि ७५ लाख भारू रहेको बताइएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय