जुलाईमा रिलिज गर्ने तयारीमा रहेको स्त्री-२ मा बरुणको विशेष भूमिका

भक्तपुर न्यूज

७ चैत २०७९ १०:४३

जुलाईमा रिलिज गर्ने तयारीमा रहेको स्त्री-२ मा बरुणको विशेष भूमिका

काठमाडौं । सन् २०१८ मा सार्वजनिक भएको बलिउड फिल्म स्त्रीले राम्रै चर्चा पाएको थियो। उक्त फिल्मले बक्स अफिसमा १२९ करोडको व्यापार गरेको थियो। १४ करोड लागत रहेको यो फिल्मले सय करोडको आँकडा पार गरेपछि निर्माताले सिक्वेल बनाउने घोषणा गरेका थिए।

यसैबीच जुलाईमा सार्वजनिक गर्नेगरी फिल्मको निर्माण भइरहेको छ। जसमा पुरानै कलाकारहरूले अभिनय गर्दैछन्। फिल्ममा मुख्य भूमिकामा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना, अभिषेक बनर्जीलगायत देखिँदैछन्।

फिल्ममा अभिनेता बरुण धवनको विशेष भूमिका रहने निर्माण टोलीले जनाएको छ। बलिउड हंगामाका अनुसार बरुण विशेष भूमिकासहित फिल्ममा देखिँदैछन्। उनको भूमिकाले स्त्री २ को रोमाञ्चकता बढाउने विश्वास निर्माण टोलीको रहेको समाचारमा उल्लेख छ। स्त्री २ लाई अमिर कौशिकले निर्देशन गर्दैछन्। उनले स्त्री र त्यसपछि भेडिया फिल्मको निर्देशन गरेका थिए।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय