टिस्टामा नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

भक्तपुर न्यूज

७ चैत २०७९ १०:२१

टिस्टामा नयाँ नहर बनाउन थालेपछि भारतविरूद्ध बंगलादेशमा आक्रोश

काठमाडौं । भारत हुँदै बंगलादेश पुग्ने टिस्टा नदीमा बंगादेशलाई नसोधी भारतले दुई नयाँ नहर बनाउन लागेपछि बंगलादेशमा आलोचना भएको छ । टिस्टा बराजबाट दुई नयाँ नहर खोलेर पानी लैजाँदा बंगलादेशमा बग्ने पानी कम हुने र त्यसले कृषक र मत्स्यपालकलाई समस्या हुने भन्दै बंगलादेशमा विरोध भएको हो ।

बंगलादेशी मिडिया दैनिक डेल्ली स्टारले टिस्टा तनावबारे एक सम्पादकीय नै लेखेको छ । सम्पादकीयमा दुई देश भएर बग्ने नदीका कुनै निर्माणमा दुवै देशले छलफल गरेरमात्रै निर्णयमा पुग्नुपर्ने लेखिएको छ ।

भारतले बंगलादेशलाई कुनै जानकारी नदिई नयाँ नहरबाट पानी कटाउनु एक छिमेकीले गर्ने व्यवहार नभएको सम्पादकीयमा उल्लेख गरिएको छ । दुई करोड जनताको दैनिकीसँग जोडिएको टिस्टा पानीमा भारतको एकलौटी कदम भएको डेल्ली स्टारले लेखेको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय