कराँतेका मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डरमा नियुक्त

भक्तपुर न्यूज

७ चैत २०७९ ९:१५

कराँतेका मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता श्री मण्डेकाजी श्रेष्ठले राष्ट्रका लागि पु¥याएको योगदानलाई कदर गर्दै काठमाडौंको तिलगंगास्थित प्यारागन पब्लिक स्कुलले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

नियुक्तिसँगै मण्डेकाजी श्रेष्ठज्यूलाई मासिक रूपमा तलब दिनुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्नेसमेत सहमति भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाध्यापक श्रीमति बिना बानु तथा प्रबन्ध निर्देशक श्री शाकीर उद्दिनले श्री मण्डेकाजी श्रेष्ठज्यूलाई विद्यालको ब्रान्ड एम्बेसडरमा नियुक्त गरी विद्यालयमा आबद्ध गराउन पाएकामा आफूहरूलाई अत्यन्तै खुसी लागेको बताएका छन् ।

साथै मण्डेकाजी श्रेष्ठले यस विद्यालयको ब्रान्ड एम्बेस्डर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई पनि धेरै नै खुसीको महसुस भएको बताएका छन् । प्यारागन पब्लिक स्कुलले आफुलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेकामा मण्डेकाजीले विद्यालयप्रति हाद्धिक कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय