पारस सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

भक्तपुर न्यूज

७ चैत २०७९ ९:११

पारस सम्मिलित एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिमले लेजेन्ड्स क्रिकेट लिगको उपाधि जितेको छ। खड्काको टिम एसिया लायन्स फाइनलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै लिग च्याम्पियन बनेको हो।

सोमबार राती भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वर्ल्ड जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४७ रन बनएको थियो। जसका लागि दक्षिण अफ्रिकी भेट्रान खेलाडी ज्याक कालिसले ५४ बलमा अविजित ७८ रनको योगदान दिएका थिए।

यसपछि १४८ रनको विजय लक्ष्य एसिया लायन्सले १६.१ ओभरम मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। एसियाको जितमा तिलकरत्ने दिलशानले ४२ बलमा सर्वाधिक ५८ रन जोडेका थिए भने उपुल थरंगाले मात्र २८ बलमा ५७ रनको योगदान दिए। खेलमा प्लेइङ ११ मा परे पनि पारस खड्काले भने ब्याटिङ र बलिङ दुवै गर्ने मौका पाएका थिएनन्।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय