राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने

भक्तपुर न्यूज

६ चैत २०७९ ११:२७

राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले समर्थन गर्ने बताएका हुन् ।

यसअघि एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा दाहाललाई जनमोर्चाले समर्थन गरेको थिएन। सोमबार सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने अध्यक्ष केसीले बताए ।

अध्यक्ष केसीले भने, सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्नेकुराबाट जनतालाई राम्रो हुँदैन । प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ।’ अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए । राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष केसी मात्र प्रतिनिधिसभा सदस्य छन् ।

प्रकाशित मितिः २०७९ चैत्र ०६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय