बाजुरामा हवाई फायर हुँदा दुईजना प्रहरी घाइते

भक्तपुर न्यूज

५ चैत २०७९ १०:३४

बाजुरामा हवाई फायर हुँदा दुईजना प्रहरी घाइते

काठमाडौं । स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले रातोपाटीलाई बताए ।

प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।

प्रकाशित मितिः २०७९ चैत्र ०५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय