काठमाडौं । विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।सार्कीले ६० बलमा ५० रन बनाएका हुन्। उनले ६ चौका प्रहार गरे।
यसअघि कुशल भूर्तेलले पनि अर्धशतक पूरा गरेका थिए। ३५ बलमा ५० रन पूरा गरेलगत्तै उनी आउट भए।जुनैद सिद्धिकीको बलमा आउट भएका भूर्तेलले ४ छक्का र ३ चौका प्रहार गरेका थिए।
३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ४ विकेट गुमाएर १५१ रन बनाएर खेलिरहेको छ। कप्तान रोहित पौडेल १६ र कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए।
प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार
Comments