यूएईसँगको खेलमा कुशल भुर्तेलको अर्धशतक
काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले ३७ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ । तर ओपनर कुशल भुर्तेलले भने राम्रो खेलेका छन् । उनले अर्धशतक प्रहार गरेका छन् । भुर्तेलले ३२ बलमा ४ छक्का र ३ चौका हानेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपालले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर ९८ रन बनाएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र ०२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
