नक्कली सवारी चालक अनुमति पत्र बनाउने व्यक्ति पक्राउ
काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साका पारस साह तुराहलाई पक्राउ गरेको हो ।
तुराहमाथि शंका लागि शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली लाइसेन्स फेला परेको हो । काठमाडौँबाट पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
प्रकाशित मितिः २०७९ चैत्र ०१ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
