काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ। गत वैशाखमा काठमाडौंको एक रिसोर्टमा वर्षा र अमेरिकामा बस्दै आएका आशिष गेलालबीच धुमधामले भएको विवाह नौ महिनामै टुंगिएको हो ।
नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एकले अर्कोलाई अनफलो गरेपछि यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो। छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएकाले केही महिनाअघि नै कानुनी रुपमा अलग भएको अभिनेत्री सिवाकोटीले बताएकी छन् ।
हाल सामाजिक सञ्जालमार्फत गेलालले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको छ। आशिषले सोमबार झापाकी समीक्षा बिमलीसँग विवाह गरेका हुन्।
प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार
Comments