मिलान बराबरीमा रोकियो

भक्तपुर न्यूज

३० फागुन २०७९ ६:५७

मिलान बराबरीमा रोकियो
काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा मिलानले सालेरनिटानासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान बराबरीमा रोकिएको हो ।
पहिलो हाफको इन्जुरी समयमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सालेरनिटानालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै मिलानले २६ खेलमा ४८ अंक जोडेको छ ।
मिलान चौंथो स्थानमा रहेको छ ।
सालेरनिटाना २६ खेलमा २६ अंक जोडेर १६ औं स्थानमा रहेको छ एजेन्सी
प्रकाशित मितिः २०७९ फागुन ३० मंगलबार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय