चर्को ब्याजको विरोधमा उद्योगी र व्यवसायीको प्रदर्शन

भक्तपुर न्यूज

२९ फागुन २०७९ १२:०७

चर्को ब्याजको विरोधमा उद्योगी र व्यवसायीको प्रदर्शन

काठमाडौं । उद्योगी र व्यवसायीहरुले सोमबार बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको विरोधमा प्रदर्शन गरेका छन् ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमा बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा उद्योगी र व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका उनीहरुले ‘ब्याजदरमा स्थितरता कायम गर, चालु पुँजी निर्देशिक स्थगित गर, ब्याज दर हामीलाई चर्को भो, गरिखान गाह्रो भो, चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर, उच्च सेवा शुल्क बन्द गर,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मितिः २०७९ फागुन २९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय