उपराष्ट्रपति चुनावका लागि निर्वाचन आयोगद्धारा नमुना मतपत्र सार्वजनिक

भक्तपुर न्यूज

२९ फागुन २०७९ ९:२०

उपराष्ट्रपति चुनावका लागि निर्वाचन आयोगद्धारा नमुना मतपत्र सार्वजनिक

काठमाडौं । उपराष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गरिएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले मतदान गर्ने मतपत्रमा रातो रंगको प्रयोग गरिएको छ भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने मतपत्रमा हरियो रंगको प्रयोग गरिएको छ।

मतपत्रमा उपराष्ट्रपतिका चारै जना उम्मेदवारको नामसँग तस्वीर पनि राखिएको छ। मतपत्रमा वर्णानुक्रमअनुसार, अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी, ममता झा र रामसहाय प्रसाद यादवको नाम रहेको छ।

नेकपा (एमाले) बाट शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला र यादव तथा जनमत पार्टीबाट झा उपराष्ट्रपतिका उम्मेदवार बनेका हुन्। जसपा उम्मेदवार प्रमिलाले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई समर्थन गरेको जनाएकी छन्।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुनेछ। निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहेका छन्।

प्रकाशित मितिः २०७९ फागुन २९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय