आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

भक्तपुर न्यूज

२८ फागुन २०७९ १०:३४

आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने भारतीय आर्थिक सल्लाहकारको दाबी

काठमाडौं । भारतका प्रमुख आर्थिक सल्लाहकार अनन्त नागेश्वरनले आफ्नो मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको भएपनि उनले आर्थिक वृद्धिदर ७ प्रतिशत नाघ्ने दाबी गरेका हुन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार उच्च आवृत्ति सूचकांक तीव्र गतिमा सुधार भइरहेको भन्दै उनले चालु आर्थिक वर्षमा मुलुकको कुल ग्राहस्थ उत्पादन ७ प्रतिशत नाघ्ने बताएका हुन् ।

गत आर्थिक वर्ष सन् २०२१–२२ मा मुलुकको वास्तविक कूल ग्राहस्थ उत्पादन १४९.२६ लाख करोड भारतीय रुपैयाँ रहेकोमा यो बढेर १५९.७१ लाख करोड भारतीय रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय