बढ्यो महँगी, काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत पुग्यो

भक्तपुर न्यूज

२८ फागुन २०७९ ८:२३

बढ्यो महँगी, काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत पुग्यो

काठमाडौं । माघमा मुलुकमा महँगी बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ।  पुस मसान्तसम्म ७.२६ प्रतिशत कायम थियो। यस्तै पोहोर माघमा मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९ प्रतिशत छ। गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको हो।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडी क्षेत्रमा ७.३० प्रतिशत र हिमाली क्षेत्रमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ।

प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय