आन्दोलनका लागि जिम्मेवारीको भागबण्डा

भक्तपुर न्यूज

३० जेठ २०७४ १:५९

आन्दोलनका लागि जिम्मेवारीको भागबण्डा

काठमाडौं, ३० जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने रणनीति बनाएको राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलन चर्काउनका लगि विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँट गरेको छ । बिजुलीबजारस्थित राजपा कार्यालयमा बसेको पार्टी बैठकले सबै शीर्ष नेतालाई काठमाडौं छाड्नेगरी जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रनसमेत कार्यकर्तालाई निर्देशन दिएको छ ।

राजपाका अनुसार आन्दोलन सशक्त बनाउन मंगलबार आज नेताहरु विभिन्न जिल्लामा जाने तयारी छ । जसअनुसार अनिलकुमार झा रौतहट, महेन्द्ररा यादव सर्लाही, शरत्सिंह भण्डारी महोत्तरी, महन्थ ठाकुर धनुषा, राजकिशोर यादव सिरहा र राजेन्द्र महतो सप्तारी जानेछन् ।

दुई नम्बर प्रदेशको बाँकी जिल्ला बारा र पर्सामा आन्दोलन चर्काउन स्थानीय तहका पदाधिकारीलाई जिम्मेवारी तोकिएको छ ।
पार्टीले हृदयेश त्रिपाठी र सर्वेन्द्रनाथ शुक्लालाई ५ नम्बर प्रदेशका नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट आन्दोलनको नेतृत्व गर्न जिम्मेवारी तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *