पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको अवस्था गम्भीर

भक्तपुर न्यूज

२१ फागुन २०७९ ११:१७

पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको अवस्था गम्भीर

बारा । बाराको पुर्व-पश्चिम राजमार्ग अन्तरगत निजगढमा भएको सवारी दुर्घटना हुँदा १ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा पर्ने बाराको निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने ५० वर्षीय मजिद मिया रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए ।

पैदलयात्री मिया सडकमा हिँडिरहेको अवस्थामा विपरीत दिशाबाट आइरहेको को १ ख ५७०० नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका मियालाई थप उपचारको लागी बिरगंज अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । यसअघि पनि हिजो मात्रै बारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः २०७९ फागुन २१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय