पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपाललाई पहिलो बलमै झट्का

भक्तपुर न्यूज

१९ फागुन २०७९ १०:३६

पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपाललाई पहिलो बलमै झट्का

काठमाडौं । पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ। नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्।

यसअघि टस जितेर ब्याटिङ गरेको पीएजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बनाएको हो। यस क्रममा पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई विकेट लिएका थिए।

आइसिसी विश्वकप लिग९२ त्रिकोणात्मक ओडीआई सिरिजका बाँकी खेलमा नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मितिः २०७९ फागुन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय