सरकार र राजपा दुबै लचक हुनुपर्छ : डा. भट्टराई

भक्तपुर न्यूज

२९ जेठ २०७४ ९:४४

सरकार र राजपा दुबै लचक हुनुपर्छ : डा. भट्टराई

विराटनगर, २९ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ता पक्ष र राष्ट्रिय जनता पार्टी दुबै लचक भएर न्यूनतम कुरामा सहमति गरी चुनावमा जानुकोे विकल्प नरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले अहिलेको अवस्थामा सार्थक निर्वाचन गराउन राजपाको न्यूनतम मागलाई सरकारले सम्वोधन गरी चुनावमा ल्याउने वातावरण तयार गर्नु पर्छ, त्यसका लागि राजपाले पनि आफना सबै माग पूरा हुनु पर्ने अड्डी त्याग्नु पर्छ, सत्ता पक्षले पनि कत्ति पनि मान्दिन भन्न हुँदैन ।
संयोजक भट्टराईले स्थानीय तहको चुनावलाई सार्थक बनाउन सबै दलहरुको सहभागिता अनिवार्य भएको भन्दै त्यसका लागि थोरै मागलाई सम्बोधन गरी अगाडि बढ्नुको विकल्प सरकार र राजपाको विच अन्य विकल्प नरेहको बताए ।
राष्ट्रिय जनता पार्टी पनि चुनावलाई असहयोग हुने गरी आन्दोलनका कार्यक्रम नल्याउन सुझाव दिँदै भट्टराईले सरकार र दलहरुपनि जिम्मेवार हुनुपर्नेमा जोड दिए । आइतबार ल्याइएको ऐन संशोधनले पनि समस्या समाधान नगर्ने भन्दै भट्टराईले सत्तारुढ दलहरुले अंश अंशमा समस्या समाधान गर्न खोज्दा अरु समस्या थपिएको बताए ।
चुनावको मिति सार्ने कुरासँग सहमति हुन नसक्ने भन्दै भट्टराईले समस्या २ नम्बर प्रदेशको मात्रै नभई ५ र ७ नम्बर प्रदेशमा पनि समस्या रहेको बताए । २ नम्बर प्रदेशमा तेस्रो चरणको चुनाव गर्ने कुराप्रति आफ्नो सहमति नरहेको भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *