पपुवा न्युगिनीले नेपाललाई दियो १८० रनको चूनौति

भक्तपुर न्यूज

१९ फागुन २०७९ १०:०७

पपुवा न्युगिनीले नेपाललाई दियो १८० रनको चूनौति

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपाललाई १८० रनको चूनौति दिएको छ । युएईमा भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पिएनजी ४ बल खेल्न बाँकी हुँदा १७९ रनमा अलआउट भयो।

उक्त त्रिकोणात्मक सिरिजमा नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीच प्रतिष्पर्धा भैरहेको छ । बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १/१ विकेट लिएका थिए ।

प्रकाशित मितिः २०७९ फागुन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय