अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने : यादव

भक्तपुर न्यूज

२९ जेठ २०७४ ९:३६

अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने : यादव

विराटनगर, २९ जेठ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले अब निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताएका छन् ।
विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै यादवले मनलाग्दी निर्वाचनको मिति सारे लोकतान्त्रिक प्रणालीलाई असर गर्ने बताए । अब कुनैपनि हालतमा आयोग निर्वाचन सार्ने पक्षमा नरहेको उनले स्पष्ट पारे ।
त्यस्तै २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन हुनसक्ने उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको भनाईलाई उदृत गर्दै उनले त्यस विषयमा आफूलाई थाहा नभएको बताए ।
मधेशमा भएको आम हड्तालबारे आफू पनि सञ्चार माध्यमबाट थाहा पाएको भन्दै यादवले २०७० सालको निर्वाचनमा पनि आम हड्ताल भएपनि निर्वाचन सफल भएको बताए ।
उनले निर्वाचन आयोगले सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरिसकेको र आवश्यक सुरक्षाको प्रबन्ध पनि गर्ने बताए । सरकारले ऐन संशोधन गरेपछि राष्ट्रिय जनता पार्टी दर्ता गर्न सकिने तर चुनाव चिन्ह भने दिन नसकिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *