गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राख्दै दुर्गा प्रसाईंद्वारा आन्दोलनको घोषणा

भक्तपुर न्यूज

१६ फागुन २०७९ ११:२९

गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राख्दै दुर्गा प्रसाईंद्वारा आन्दोलनको घोषणा

काठमाडौं । व्यापारी दुर्गा प्रसाईले गणतन्त्र, संघीयता खारेजीसहित ११ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो माग सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

राजतन्त्र स्वीकारेको २०४७ को संविधान लागू गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने, २० लाखभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्नेलगायत ११ बुँदे माग राखेका प्रसाईंले यो आन्दोलनमा पूर्वराजपरिवारलाई नागरिकको हैसियतमा सहभागी हुन संविधानले अवरोध नगर्ने बताएका छन् ।

प्रकाशित मितिः २०७९ फागुन १६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय