जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

भक्तपुर न्यूज

१५ फागुन २०७९ ९:१९

जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो ।

पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो।

तर समितिलाई समितिको आग्रह अनुसार फागुन १५ गते सम्मको समय थप गरिएको थियो। समितिले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउन लागेको हो।

प्रकाशित मितिः २०७९ फागुन १५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय