अब वैदेशिक रोजगार विभागमा जाँदा परिचयपत्र अनिवार्य
काठमाडौं । वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ । सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि विभागले यस्तो नियम बनाएको हो ।
कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाउन सेवाग्राहीको प्रवेशमा कडाइ गर्नुपरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । पछिल्ला दिनमा कानुन, विधि र प्रक्रियाविपरीत कार्यालयभित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी आतंक मच्चाउने जस्ता गतिविधि बढेपछि काम गर्ने वातावरण प्रभावित हुँदै गएको उनको भनाइ छ ।
साथै, उनले कार्यालयको काम कारबाहीप्रति कुनै गुनासो भए कानुनी प्रक्रियाबमोजिम गुनासो लिएर आउन सेवाग्राहीलाई आग्रहसमेत गरेका छन् ।
प्रकाशित मितिः २०७९ फागुन ११ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
