बानेश्वरबाट १३ लाख रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरीले नयाँ बानेश्वरबाट बैंकिङ् कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–५ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय नवराज भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
भण्डारीलाई उच्च अदालत पाटनको २०७९ मंसिर ११ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा २ दिन कैद र १३ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । अदालतले जरिवाना ठहर गरेलगत्तै फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७९ फागुन १० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
