एलपी ग्यास सिलिन्डर अनावश्यक भण्डारण नगर्न मन्त्रालयको आग्रह

भक्तपुर न्यूज

१० फागुन २०७९ १२:०१

एलपी ग्यास सिलिन्डर अनावश्यक भण्डारण नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारण नागरिकलाई घरमा अनावश्यक रुपमा खाना पकाउने ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ।

घरमा धेरै सिलिन्डर भण्डारण गर्दा ग्यास चुहावट हुने र अन्य आगलागीबाट सिलिन्डर पड्किने जोखिम बढेपछि त्यसो नगर्न प्राधिकरणले आग्रह गरेको हो।

पछिल्लो समय सिलिन्डर विस्फोटका घटना बढ्न थालेपछि सर्वसाधारण पनि त्रासमा छन्। ‘घरमा ग्यास सिलिन्डर आवश्यकताभन्दा बढी स्टोरेज गरिराख्ने बानी छ। यसो गर्नु विपद्को जोखिम निम्त्याउनु हो’, प्राधिकरणले भनेको छ।

सिलिन्डर विस्फोटका घटना दैनिक बढ््दै गएपछि संसदमा समेत यसको विकल्प खोज्न सांसदबारे सरकारको ध्यानाकर्षण गराइरहेका छन्। केही दिनअघि मात्रै कांग्रेस सांसद चन्द्र भण्डारी एलपी ग्यास सिलिन्डर आगलागीमा परेका थिए।

प्रकाशित मितिः २०७९ फागुन १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय