जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ

भक्तपुर न्यूज

१० फागुन २०७९ ८:१६

जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षे युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ फागुन १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय