भरतपुर प्रकरणको मुद्दा टुंगो आज लाग्न सकेन

भक्तपुर न्यूज

२८ जेठ २०७४ ११:१०

भरतपुर प्रकरणको मुद्दा टुंगो आज लाग्न सकेन

काठमाडौं, २८ जेठ । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लागेन ।
न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासमा राखिएको मुद्दाको पेशी नभएको भन्दै पर सारिएको हो ।
निर्वाचन आयोगले पुन भरतपुर महानगरको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेपछि एमाले सर्वोच्च पुगेको थियो ।
यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो भने आज अन्तिम टुंगो लगाउन पेशी तोकिएको थियो । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मेयरका प्रतिस्पर्धी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *